प्रधानमन्त्री सुशील कोईरालाले ३० दलिय बिपक्षी मोर्चालाई आन्दोलन त्यागी वार्तामा आउन आग्रह गर्नुभएको छ ।

आन्दोलनबाट मुलुकले निकास नपाउने भन्दै प्रधानमन्त्री कोईरालाले वार्तामा आउन मोर्चालाई आग्रह गर्नुभएको हो । मधेसी मोर्चाका संयोजक समेत रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारसंग आज विहान भएको भेटमा प्रधानमन्त्री कोईरालाले दलहरु ध्रुबिकृत हुँदा प्राप्त उपलब्धि समेत गुम्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्नुृभयो ।

जवाफमा गच्छदारले सहमतिका लागी पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको वालुवाटार स्रोतले जनाएको छ । सहमती र वार्ताका लागी ठोस प्रस्ताव ल्याउने जिम्मेवारी प्रधानमन्त्रीको भएको गच्छदारको भनाई छ । विपक्षी मोर्चाले आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेसंगै गच्छदार र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

Comments