एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

दाहाल निवास लाजिम्पाट मा भएको भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच सहमतिको प्रयास र सम्भावित विकल्पबारे छलफल भएको थियो । भेटमा थापाले संविधान निर्माण प्रक्रिया जहाँ छ, त्यही रोक्ने र सर्बदलीय बैठक आहृवान गर्ने प्रस्तावमा छ । उक्त बैठकले संविधान निर्माणको नयाँ कार्यतालिका बनाउने र विवादित विषयहरु सहमतिका लागिसात दिनको समय सीमा दिएर सम्वाद सपितिमा पठाउने उनको प्रस्ताव छ ।

समितिले सात दिनमा सहमति जुटाउन नसके प्रक्रिया सुरु गर्ने थापाको प्रस्ताव छ । राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार जवाफमा दाहालले राप्रपा नेपालले लिएको पहललाई सकारात्मक रुपमा लिएको बताउँदै आफूहरु सहमतिकै पक्षमा रहेपनि सत्तारुढ दलहरु गम्भीर देखिएका आरोप लगाएका छन् ।

Please follow and like us:

Comments