संविधानसभाको आज बोलाइएको बैठक पूर्वसभासद्हरु रामनाथ ढकाल र महेन्द्र राय यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै चैत ३० गते सोमबार सम्मका लागि स्थगित गरीएको छ ।

संविधानसभाको बैठक ५४ दिनपछि सोमबार बोलाइएको थियो । एमाले नेता ढकालको आइतबार निधन भएको थियो भने रायको पनि गत हप्ता सप्तरीमा मृत्यु भएको थियो ।संविधानसभाको बैठक बहिष्कार गर्दै आएका एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाका सभासद् पनि सोमबारको बैठकमा सहभागी भएका थिए ।

Comments