रौतहट सदरमुकाम गौरबाट सेवा कार्यालय विस्तारको विरोधमा उत्रिएका आन्दोलनकारीले आज दिउँसोबाट फेरि प्रदर्शन सुरु गरेका छन् ।

आन्दोलनकारीले सशस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्प घेराउ गर्दै ढुंगामुढा गरेका छन् । क्याम्प बाहिरबाट सयौंको संख्यामा आएका आन्दोलनकारीले ढुंगामुढा र तोडफोड गरेका हुन् । गएराति आन्दोलनकारीसँग भएको वार्ता सफल हुन नसकेपछि आन्दोलनकारीले फेरि प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीले सशस्त्र प्रहरीको सवारीको ठक्करबाट मृत्यु भएका रामआशिष ठाकुरलाई सहिद घोषणा नगरेसम्म अरु मागका बारेमा छलफल नगर्ने अडान लिएपछि वार्ता निष्कर्षहीन भएको हो । ६ दिनदेखि जारी तनावले गौरको जनजीवन अस्तव्यस्त बनेको छ ।

उता, सरकारले कार्यालय विस्तारको निर्णय फिर्ता लिएको भन्दै चन्द्रनिगाहपुरका विद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले सोमबार पनि पूर्वपश्चिम राजमार्गमा एक घन्टा चक्काजाम गरेका छन् ।

Please follow and like us:

Comments