एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले काँग्रस एमालले संख्याको दम्भ देखाएर संविधान जारी गरे पुन अर्को विद्र्रोहको थालनी गर्ने चेतावनी दिनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक कार्यक्रममा आज सम्वोधन गर्दै नेता भट्राईले सहमतिमै संविधान निर्माण गरिएको संविधानमा नै सवैका हकअधिकार सुनिश्चित हुन सक्ने भन्दै संख्याको दम्भ देखाए पुन अर्को विद्रोहको थालनी गर्ने चेतावनी दिनुभएको हो । नेता भट्टराईले बहुमतको आधारमा संविधान जारी गरेको उदाहरण विश्वका कुनैपनि मुलुकमा नभएको बताउँदै प्रकृया खारेज गरेर सहमतिमै संविधान निर्माण गर्ने बातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

Comments