बङलादेशको राजधानी ढाकाको उत्तरी क्षेत्रमा आएको भिषण आँधिमा परि २२ जनाको मृत्यु भएको छ ५० भन्दा बढि घाईते भएका छन् ।

आँधीबाट पाँच जिल्ला नराम्ररी प्रभावित भएको बिबिसिले जनाएको छ । बोगरा जिल्लामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ । त्यस स्थानमा मात्र १४ जनाको मृत्यु भएको छ । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

घाईते कध्ये केहिको अबस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरीउको छ । आँधीका कारण थुप्रैं घर ध्वस्त भएको छ भने विजुली आपूर्ति समेत ठप्प भएको छ ।

Comments

comments