ब्राजिलमा जारी विश्वकप फुटबल २०१४ का सेमिफाइनल चरण सम्मका खेलहरु नछुटाई हेर्नु भएको छ भने तपाइले एउटा कुरा पक्कै ख्याल गर्नु भएको होला ! खेलाडीहरुले जानेर वा नजानेर बिपक्षि टिमका अन्य खेलाडीहरुको कपडा तान्ने, धकेल्ने वा झुन्डिने गरेको दृश्य तपाइलाई कतिको सम्झना छ ?

अरुको खुट्टाबाट बल आफ्नो पक्षमा पार्नैका लागि गरिने त्यस्ता हर्कतहरु खेलाडीहरु सुनियोजित रुपमा गर्छन वा आकस्मिक रुपमा गल्तीले हुन्छन् भन्ने कुरामा फरक मत रहला | तर प्राय नाम चलेका अग्रपंक्तिमा खेल्ने खेलाडीहरु अन्य खेलाडीहरुका त्यस्ता हर्कतहरुको शिकार हुने गर्छन् | रेफ्रीको आँखा नपरे सम्म त्यस्ता क्रियाकलापहरुमा समेत  उनीहरुले छुट पाउने गरेको हामीले प्रत्यक्ष टेलिभिजन स्क्रिनमा हेर्दा पनि थाहा पाउँछौ | तिनै दृस्यहरुलाई स्टेडियमको निकट रहेका धुरन्धर क्यामेराम्यानहरुले आफ्ना अत्याधुनिक क्यामेरामा कैद गर्ने गरेका छन् |

हामीले विश्वकप २०१४ मा देखिएका  त्यस्ता केहि लुछाचुँडीका दृस्यहरु समेटेका छौं, आउनुहोस हेरौं लुछाचुँडीका यी १७ दृश्य |(तस्विर: याहू)

1

2

3

4

5

6

7

9

11

12

13

14

15

16

17

10

Comments

comments