वैशाख १ गतेबाट काठमाडौं उपत्यकामा प्लाष्टिक झोलामाथि प्रतिबन्ध लगाउँने तयारी गरेको सरकारले यसमा थप कडाई गर्ने भएको छ ।

सरकारले वैशाख १ गतेपछि राजधानीमा तोकिएको मापदण्डबाहेकका प्लास्टिक झोला प्रयोग गरे ५० हजार जरिबाना गर्ने भएको छ । उपत्यकाको वातावरण स्वच्छ राख्न विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले २० इन्च लम्बाइ, ३५ इन्च चौडाइ र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला काठमाडौं उपत्यकाभित्र प्रयोग गर्न रोक लगाएको छ । यो आकारका प्लास्टिक झोला राजधानीबासीले दैनिक प्रयोग गर्ने गर्छन्।

सरकारले उल्लेख गरेको आकारको प्लास्टिक झोलामा भने मान्छे अटाउन सक्छ । अस्पताल तथा अन्य स्थानमा फोहोरमैला संकलन गर्न ठूलो आकारको झोला प्रयोग गर्न पाइन्छ ।

वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले वैशाखदेखि प्लास्टिक झोला प्रयोग भएनभएको तीव्र अनुगमन गर्ने बताए । यसका लागि सबै निकाय सम्मिलित संयन्त्र बनाइएको उनले बताए ।

Comments