इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई उछिनेको छ ।

शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै अंक तालिकामा म्यानचेष्टर सिटी भन्दा माथि उक्लिएको हो । ४३ औं मिनेटमा एन्डर हरेराले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडका लागि ७९ औं मिनेटमा वेन रुनीले गोल गर्दै अग्रता दोब्बर पारे । रुनिले गोल गरेको एक मिनेटपछि नै एस्टन भिल्लाका क्रिष्टियन बेनटिकले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । तर ९० मिनेटमा युनाइटेडका एन्डर हरेराले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को जित दिलाए । जितसँगै युनाइटेडको ३१ खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । चौंथो स्थानमा झरेको म्यानचेष्टर सिटीको ६१ अंक छ तर उसले एक खेल कम खेलेको छ । म्यानचेष्टर युनाइटेडसँग पराजित भएको एस्टन भिल्लाको भने ३१ खेलबाट २८ अंक सहित १६ औं स्थानमा छ । यता लिगको शीर्ष स्थानको चेल्सीले स्ट्रोक सिटीलाई दुई एक गोलले हराउदै लीगको शीर्ष स्थानमा यथावत छ । चेल्सीका लागि ३९ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमार्फत गोल गरेपनि पहिलो हाफको अन्त्यतिर स्ट्रोकका आडमले बराबरी गोल फर्काए ।

घरेलु मैदानमा तीन अंक हासिल गर्ने क्रममा चेल्सीका रेमीले खेलको ६३ अँैं मिनेटमा चेल्सीका लागि बिजयी गोल गरे । शनिबारको अर्को खेलमा आर्सनलले लिभरपुललाई चार एक गोलले हराउदै लिगको दोस्रो स्थानमा उक्लिन सफल भयो । घरेलु मैदानको फाईदा उठाउदै दिभरपुलबिरुद्ध गोलको बर्षा गरेको आर्सनलका लागि बेलेरिन, मेसुट ओजिल, एलेक्सिस सान्चेस र ओलिभर जिरोडले गाले गरेका थिए । लिभरपुलका लागि जेम्स हेण्डरसनले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । खेलको ८४ आंंै मिनेटमा इम्रे कान दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । जितपछि आर्सलनको ३१ खेलबाट ६३ अंक भएको छ । शनिबारकै अर्को खेलमा एमर्टनले साउथह्याम्टनलाई एक शून्यले तथा स्वान्सीले हल सिटीलाई तीन एक गोलले हराउदै तीन अंक हासिल गरे ।

Comments