उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दुर्गम क्षेत्रको परिभाषा र वर्गीकरण नै पुरानो भएको बताउँनुभएको छ ।

यसमा समयअनुकुल वैज्ञानिक मापदण्ड तयार गर्नुपर्ने उहाँको धारणा छ । दुर्गम क्षेत्रको पुनर्परिभाषा तथा भावी संरचना कार्यशालाको काठमाडौंमा आज उद्घाटन गर्दै मन्त्री सिंहले दुर्गम क्षेत्रसम्वन्धी चालीस वर्षअघिको परिभाषा राजनीतिक तथा आर्थिक दृष्टिकोणले पुरानो भैसकेको बताउनुभएको हो । उहाले सीमित सूचकको आधारमा दुर्गम क्षेत्रलाई परिभाषित र वर्गीकरण गरी लगानी गर्न सके त्यस क्षेत्रको द्रुत गतिमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय विकासमन्त्री समेत रहनुभएका सिंहले दुर्गम क्षेत्रको विकासका लागि गठन भएको विभिन्न समिति, आयोग र कार्यदलको रिपोर्टअनुसार कार्य गर्न स्थानीय विकास मन्त्रालय तयार रहेको प्रष्ट पार्नुभयो । साथै उहाँले सरकारी तथा स्थानीय नागरिकहरुको समन्वययात्मक भूमिका हुनुपर्ने आवश्यकता पनि औंल्याउँनुभयो ।

Comments

comments