नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको निधन भएको छ ।

स्वाइन फ्लूबाट संक्रमित ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । ढकालमा स्वाइन फ्लूसँगै लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग समेत भएकाले सक्दो प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ ।

स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।

Comments