विद्रोही समूह आइएसका लडाकुद्धारा इराकको टिक्रिटमा ५० भन्दा बढी घरमा लुटपाट इराकको टिक्रिटबाट विद्रोही समूह आइएसलाई लखेटेको केही समयपछि नै लुटपाट मच्चिएको छ ।

कम्तीमा पनि २० वटा घरमा आगजनी गरिएको तथा पचासभन्दा बढी घरमा लुटपाट मच्चिएको इराकी उच्च सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । लुटिएका सामानले भरिएका ट्रकहरुसमेत रोक्न नसकिएको सुरक्षा अधिकारीहरुले बताएका छन ।

आइएसबाट सहरलाई मुक्त गराइएपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय नहुँदा पनि उक्त घटना भएको हो ।

Comments

comments