आफ्ना मागहरुप्रति सरकार उदासिन भएको भन्दै लिम्वूवान राष्ट्रिय क्रान्तिकारी पार्टीले आज अरुणपूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।

गत फागुन २५ गते प्रधानमन्त्री सुशील कोईरालालाई गोरखा र लिम्वूवान बिच भएको नुनपानी सन्धी कार्यान्वयनको माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि १० दिन भित्र आफ्ना माग पूरा गर्न लिम्वूवानले सरकारलाई अल्टिमेटम समेत दिएको थियो । पाचथरमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता माथि प्रशासनले झुठा मुद्धा लगाएको भन्दै उनिहरुलाई निसर्त रिहाईको माग समेत गरेका छन् ।

Comments

comments