नेपाल पक्षबाट केन्द्रीय सदस्यमा लडेको भनी प्रचार गरिएका श्रेष्ठले मंगलबार विज्ञप्ती निकालेर आफू ओली नेतृत्वको पक्षसँगै रहेको स्पष्ट पारेका छन्। एमालेका युवा नेता कृष्णगोपाल श्रेष्ठले माधव नेपाल प्यानल छोडेर केपी शर्मा ओली पक्षतिर लागेका छन्। लामो समय देखि केपी शर्मा ओलीको खम्बा मानिएका एमाले नेता कृष्णगोपाल श्रेष्ठले महाधिवेशनको पूर्व सन्ध्यामा  ओली पक्षधर गुटलाई अपवित्र संज्ञा दिएर  अभिव्यक्ति दिदै आएका थिए | गएको असार ८ को संविधान सभा उप निर्वाचन देखि श्रेष्ठले गुट त्यागेको अनुमान गरिए पनि खुलेर नै ओलीमाथि यसरी भिन्न मत राखेका थिएनन कृष्णगोपालले |

यो बिज्ञप्ति पछि भने उपत्यकाको एमाले राजनीतिमा विशेष भूमिका निर्वाह गर्ने श्रेष्ठको आगमनले ओली पक्षलाई रणनीतिक रुपमा पनि लाभ हुने विश्लेषण गरिएको छ।  उनी संविधानसभाको उपनिर्वाचनमा चुनाउमा पहिले माधव नेपालले जितेको काठमाडौ क्षेत्र नम्बर दुईमा चुनाउ लडेर हारेका थिए।श्रेष्ठले सर्वसम्मत नेतृत्व छान्नका लागि आफ्नो पहल सफल नभएपछि आफू नेतृत्व हस्तानान्तरणको पक्षमा उभिएको बताएका छन्। 

Comments

comments