प्रधानमन्त्री सुशील कोइरालाले विद्युत आयोजनाले भारतसँग सम्बन्ध राम्रो बनाएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकरसग आज भएको भेटमा प्रधानमन्त्री कोइरालाले माथिल्लो कर्णाली र अरुण तेस्रोले भारतसंगको सम्बन्ध राम्रो बनाएको बताए । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कोईरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा आरम्भ भएका विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली तथा अ?ण तेस्रो आयोजनाका परियोजना विकास संझौता निर्धारित समयमा सम्पन्न भएपछि दुई देशको सम्बन्ध अझ सुमधुर बनेको बताए ।

भेटमा भारतीय विदेश सचिव एस.जयशंकरले दुई देशबीच विद्युतको समन्वयात्मक विकास गर्नुपर्नेमा जोड दिए । दक्षिण एशियाली क्षेत्र सबैभन्दा कम कनेक्ट भएको उल्लेख गर्दै यस क्षेत्रका अधिकांश मुलुकहरु विद्युत अभाव भोगिरहेको र विद्युतको समन्वयात्मक ढंगले विकास गरेमा अभाव पूर्ति गरी सबै मुलुकको विकास समान ढंगले अगाडि बढ्ने मार्ग खुला हुने पनि उनले बताए ।

Comments

comments