रौतहटको गौरमा सेवाकेन्द्र विस्तारको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । रबरको गोली लागि केहि घाईते भएका छन् भने टाउकोमा गोली लागेका विद्यानन्द यादवलाई गौरस्थित एक अस्पतालमा उपचारका लागि लगिएको छ । सरकारले रौतहट सदरमुकाममा रहेका नापी, मालपोत र भूमिसुधार कार्यालय चन्द्रनिगाहपुर पनि विस्तार गर्ने निर्णय गरेको विरोधमा तीन दिनदेखि स्थानीय विरोधमा उत्रिएका छन् ।

उद्योग वाणिज्य संघको अगुवाईमा गौरबजार बन्द आह्वान गरिएपछि जनजीबन प्रभावित भएको छ ।

Comments