सुपर फुड ती खाद्य पदार्थलाई भनिन्छ, जसमा पोषक तत्ज प्रचुर मात्रामा पाईन्छ । यी खाद्यान्नहरु प्राकृतिक हुन्छ जसले शरीरमा कुनै प्रकारबाट दुष्प्रभावह पर्दैन । जानी राखौं यी खाद्यान्नका बारेमा ।

बदाम : चिकित्सकका अनुसार बदाममा म्याग्नेशियम, पोटाशियम र भिटामिन ई प्रचुर मात्रामा पाईन्छ । यसमा कम क्यालोरी पाईने हुनाले यो मुटुको लागि स्वस्थबर्धक मानिन्छ । सधै ५–७ वटा बदामलाई पिसेर दुधमा मिसाएर खान सकिन्छ ।

पालुङगो : नियासिन, जिंक र फाईबरले भरपुर पालुङगोमा क्यालोरी काफी कम र पोषक तत्व अधिक मात्रामा पाईन्छ । पालुङगो बढ्दो उमेरमा हड्डिको क्षति, मोतिविन्दु, क्यान्सर र मुटु सम्बन्धी रोगबाट बचाउछ ।

मह : महमा भएको नियासिन, अमीनो एसिड, थायामीन र भिटामिन बी–६ ले कोशिकामा हुने विभिन्न संक्रमणबाट बचाउछ । यसमा एक विशेष प्रकारको कार्बोहाईडेट पाईन्छ जसले पेटको लागि पनि फाईदा हुन्छ । सधै आधा देखि एक चम्चा मह स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।

रसवरी : यसमा पाईने एलेजिक एसिडले क्यान्सरसंग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको म्याग्नीज र अन्य एंटीअक्सिडेंटले रोगसंग लड्ने क्षमतामा बृद्धि गर्छ । त्यसैले सधै १०० ग्राम सवरी खानु राम्रो मानिन्छ ।

सुन्तला : एउटा सुन्तलाबाट दिनभर आवश्यक पर्ने भिटामिन सी लिन सकिन्छ । भिटामिन सी, क्याल्शियम र फाईबरबाट भरपुर सुन्तलाले तपाईको रोग प्रतिरोधक क्षमता बढाउछ ।

केरा : पोटाशियमले भरिएको केरा खानाले तपाईको ब्लड प्रेसरलाई सामान्य बनाई राख्न मद्धत गर्छ । यसमा भएको स्टार्चले तपाईको मेटाबालिज्मलाई दुरुस्त बनाई राख्ने काम गर्छ । तपाईले दिनमा एक देखि दुईवटा केरा खानु राम्रो हुन्छ ।

स्ट्रवेरी : यसमा पाईने फोलेटलेमुटुलाई स्वस्थ राख्छ । सधै ४–५ पिस स्ट्रबेरी खानु राम्रो हुन्छ ।

Comments

comments