दक्षिणी यमनमा अल कायदाका अतंकवादीहरुले आज एक जेलमा आक्रमण गरी ३०० कैदि सहित आफ्ना शीर्ष कमाण्डरहरुलाई भगाएका छन् ।

आतंकवादी अलकायदाका शीर्ष कमाण्डर खालिद बतर्फीलाई भगाउन सफल भएको जेलका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ । खालिद पछिल्लो ४ वर्षदेखि जेलमा रहेका थिए । उनीहरुलाई भगाउने क्रममा सुरक्षाकर्मी र आतंकवादीविच मुठभेड हुँदा २ जेल गार्ड र ५ कैदि मारिएको बताइएको छ ।

सैन्य अधिकारीका अनुसार खालिद अलकायदाको खाडी स्थित शीर्ष कमाण्डरमा एक हुन् । २०११–१२ भएको यमन सरकार विरुद्ध भएको द्धन्दमा उनको महत्वपुर्ण भुमिका रहेको थियो ।

Comments