राष्ट्रपति डा रामवरण यादवले राजनीतिक सङ्क्रमणको निकास र समृद्धिका लागि दलहरुमा सहमति र सहकार्यको अभाव देखिएको बताएका छन् ।

विरगञ्जमा आज आयोजित कार्यक्रममा शान्ति र समृद्धिका लागि राजनीतिक स्थिरता अपरिहार्य भएको राष्ट्रपति यादवले बताए । उनले प्रमुख राजनीतिक दलहरुले सहमतिका लागि इमानदारिता देखाउन नसकेकोमा असन्तुष्टि समेत प्रकट गरे । राष्ट्रपति यादवले जनताको तर्फबाट आग्रह गरेको भन्दै जाति, क्षेत्र र दलगत स्वार्थको दायराबाट माथि उठेर सबै नेपाली हौ सोचले मुलुकलाई छिटो निकास दिन आग्रह गरे ।

परीवर्तनका संवाहक सबै दलहरु एकै ठाउमा उभिएर, अलमल नगरी जनअकांक्षा अनुसार छिटो भन्दा छिटो संविधान दिन आग्रह समेत गरे ।

Comments