केसीले अनशन तोडियो सरकारसंगको सहमति पछि आमरण अनशनको १२ औं दिनमा डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ ।

सरकारसंग आफ्ना १० बुँदे मागमा सहमति भएपछि डा. गोविन्द केसीले विहीवार अपरान्ह अनशन तोड्नुभएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा भएको सरकारी वार्ता टोली, डाक्टर केसीका प्रतिनिधि र नेपाल मेडिकल काउन्सिलबीच वार्तामा डाक्टर केसीको माग सम्बोधन गर्ने सहमति भएको छ । सहमति पछि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने कार्य गर्दै आएका सत्यनारायण रामको हातबाट जुस पिएर डाक्टर केसीले अनसन तोड्नुभएको हो ।

सहमतिमा डाक्टर केसीको मागको विषयमा सम्बोधन गर्ने १५ दिन भित्र पुनरावेदन अदालतको न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गरिने भएको छ ।

Comments

comments