सरकारले रासायनिक मल अभाव हुन नदिन आगामी आर्थिक वर्षमा चालू वर्षको तुलनामा झन्डै दोब्बर परिमाणमा मल भित्र्याउने तयारी गरेको छ ।

कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७२/७३ मा रासायनिक मल अभाव हुन नदिन चालू आर्थिक वर्षको तुलनामा दोब्बर परिमाणमा भित्र्याउने जनाएको छ । आगामी वर्ष साढे तीन लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी सरकारको छ । यसका लागि करिब आठ अर्ब रुपैयाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा मल आयात गर्न चार अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यसबाट एक लाख ७० हजार मेट्रिक टन मल खरिद भएको छ ।

गत आर्थिक वर्षमा मलका लागि करिब चार अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । यो रकमबाट दुई लाख ४५ हजार मेट्रिक टन मल खरिद भएको थियो ।

Comments

comments