रूसमा जहाज डुब्दा ५४ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् ।

कामचत्का टापु आसपासको प्रशान्त महासागरमा सो जहाज डुबेको बिबिसिले उल्लेख गरेको छ । जहाज डुब्नुको कारण खुल्न सकेको छैन । अधिकारीहरुले सुरक्षा नियम पालना नगरेकाले जहाज डुबेको हुनसक्ने आशंका गरेका छन् ।

रुसी समचार संस्था तासका अनुसार जहाजमा ७८ रसियन नागरिक सहित म्यानमार, युक्रेन, लिथुनिया र भानुआटु का ५४ जना ब्यक्ति रहेका थिए ।

Comments

comments