रुस र इरानका विदेश मन्त्रीहरुले तेहरानको परमाणु कार्यक्रममा रोक लगाउने बारेको सम्झौताको रुपरेखामा आज हुने बार्तामा सफलता प्राप्त हुने दाबी गरेका छन् ।

तर अमेरीकाले भने सबै मुद्धामा सहमति भईनसकेको बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेष्टले सहमति नभएसम्म बार्तालाई जारी राख्ने बताउनुभयो । मन्त्रीस्तरको यस बार्तामा रुसका शीर्ष नेता र अन्य पाँच शक्तिशाली देशका विदेशमन्त्री र इरानको बीचमा गएरातभर पनि बार्ता भएको थियो । अमेरीकी विदेशमत्री जोन केरीले राष्ट्रपति बराक ओबामा र उहाँको राष्ट्रिय सुरक्षाटोलीलाई भिडीयो कन्फरेन्सको माध्यमबाट ताजा अवस्थाको जानकारी दिनुभयो ।

यता, रसियाली बिदेशमन्त्री सर्जि आभरोभले बार्तालाई बीचैमा छोडेर हिंड्नुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Please follow and like us:

Comments