काँग्रेस नेता एवं पूर्व गृहराज्यमन्त्री महेन्द्र राय यादवको निधन भएको छ ।

महोत्तरीको खुट्टापिपराढी – १ निवासी ६३ बर्षीय यादवको गएराति भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो । यादवको पार्थिव सरिरमा आज महोत्तरीस्थित काँगे्रसको पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइएको छ । उहाँको शवलाई पार्टी कार्यालयमा नेपाली काँग्रेस केन्द्रिय सदस्य रामचन्द्र तिवारी, सभासद सिताराम भण्डारी, जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरुले माला चढाई श्रद्धाञ्जली दिएका हुन ।

एक छोरी र दुई छोराका बाबु पूर्वगृहराज्य मन्त्री यादवको दाहसंस्कार पैतृक गाउ खुट्टापिपराढीमै गरिने भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा चार पटक जेल जीवन विताएका यादवलाई माओवादीले समेत २०६० सालमा एक महिनासम्म अपहरण गरि राखेका थिए । प्रजातन्त्र पूनस्र्थापनापछि २०४८ देखि २०५६ सम्मको तीन वटा निर्वाचनमा यादव प्रतिनिधिसभा सदस्य हुनुभएको थियो भने २०५३ सालमा गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Please follow and like us:

Comments