राष्ट्रपति फकिए राष्ट्रपति रामबरण यादव एक साता चीन भ्रमण सकी आज स्वदेश फिर्ता हुनुभएको छ ।

चैत १२ गते चीन जानुभएका राष्ट्रपति यादव आज स्वदेश फर्कनुभएको हो । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति यादवले चीन भ्रमण फलदायी भएको बताउनुभयो । यादव चीनको दक्षिण प्रान्त हेनानको बोआओ शहरमा आयोजित ‘एसियाका लागि बोआओ मञ्चको वाषिर्क सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको थियो ।

चीन भ्रमणका क्रममा बोआओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति यादवले चिनियाँ समकक्षी सि जिनपिङ, अस्ट्रियाका राष्ट्रपति डा. हेनिज फिस्चर र स्वीडेनका प्रधानमत्री स्टेफन लफभेनसँग भेटवार्ता गर्नुभएको थियो ।

Comments

comments