मिस इको प्रतियोगितामा सहभागी हुन मिस नेपाल अर्थ २०१५ प्रिन्सा श्रेष्ठ इजिप्ट प्रस्थान गरेकी छन् ।

उनी बुधवार बिहान त्यसतर्फ़ प्रस्थान गरेकी हुन् । तर आफूहरुको -अनुमतिबिना मिस इको प्रतियोगितामा सहभागी हुन इजिप्टतर्फ हिँडेकी भन्दै मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आपत्ति प्रकट गरेको छ ।

द हिडेन ट्रेजरले आफ्नो फेसबुक पेजमा बुधबार बिहान आधिकारिक सूचना भन्दै संस्थासँग अनुमति नलिई प्रिन्सा इजिप्ट जान लागेको भन्दै त्यसका लागि आफू जिम्मेवार नभएको जनाएको हो ।

प्रिन्साले आफ्नो फेसबुक पेजमा बुधबार बिहान ७ः५३ बजे आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्दै उडान ४ घन्टा ढिलो हुन लागेको जनाएकी छन् ।

Comments

comments