नेपालमा पनि विश्वकपको वास्तविक ट्रफी आइपुग्ला भनेर शायद कसैले सोचेका थिएनन् होला । किनभने खेलेरै विश्वकप जितेर ल्याउँने सपना कमसेकम अहिलेका लागि असम्भव नै छ । तर विश्वकप क्रिकेटको वास्तविक ट्रफी भने यसपटक नेपालीले पनि उचाल्न पाउँने भएका छन् । यो दुर्लभ अवसर नेपालीहरुलाई अष्ट्रेलियाको तर्फबाट उपहारस्वरुप प्राप्त हुन लागेको हो ।

भर्खरै सम्पन्न विश्वकप क्रिकेटको उपाधि जित्न सफल अष्ट्रेलियाली टोलीले आफ्नो विजयको यो खुशी हिमालयन मुलुक नेपालका खेल प्रशंसकहरुमाझ पुगेर पनि बाँड्न लागेको हो । त्यसो त पूर्व विजेता भारतले समेत विश्वकप क्रिकेटको असली कप अर्थात ट्रफी उचाल्न पाएको छैन । यसभन्दा अघि विश्वकप जितेपनि भारतलाई डमी कप मात्र दिइएको थियो । तर यसपटक भने आइसिसिले जितको खुशीयाली मनाउँन अष्ट्रेलियालाई ओर्जिनल कप नै दिएको छ । यसमा भारतले कडा आपत्ति पनि जनाइरहेका छन् ।

‘अस्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको सम्झनामा नेपालमा यही चैत्र २८ मा हुन लागेको नेपाल र अष्ट्रेलियाका खेलाडी सम्मिलित मैत्रीपूर्ण खेलको दौरानमा नेपाल आउँदा विश्व विजेता अष्ट्रेलियाले विश्वकप पनि नेपालमा सँगै लिएर आउँन लागेको हो’,नेपाल क्रिकेट संघकी सिइओ भावना घिमिरेले बताउँनुभयो । उहाँ थप्नुहुन्छ–’यो हाम्रो लागि पनि अप्रत्यासित खबर थियो । जब मंगलवार यसबारेमा हामीले खबर पायौं,हामीले शुरुमा त विश्वासै गर्न सकेनौं ।’ उक्त मैत्रीपूर्ण प्रतियोगीताको दिन खेलपछि विश्वकप ट्रफी पनि प्रदर्शन गरिने सिइओ घिमिरेले बताउँनुभयो ।

bhawana-ghimire

साथै क्यानले उक्त नेपाल र अष्ट्रेलियाबीच हुने मैत्रीपूर्ण खेलका लागि टिकट दर १ सय ६३ रुपैयाँ तोकिएको छ ।
क्यानले ह्युजको जर्सी तथा ब्याट सगरमाथाको चुचुरोमा र्पुयाउन बजेटको व्यवस्थापन गर्न खेल हेर्नका लागि १ सय ६३ रुपैयाँको टिकट काट्नुपर्ने ब्यवस्था गरिएको जनाएको छ ।

चैत २८ गते कीर्तिपुरमा हुने खेलको टिकट क्यानको मुलपानीमा रहेको क्यानको कार्यालय, कीर्तिपुरको क्रिकेट मैदान र इ–सेवामार्फत बुधबारदेखि २५ गतेसम्म खरिद गर्न पाइनेछ । खेल हेर्न क्रिकेट अस्ट्रेलियाका अध्यक्ष विली इडवार्डस् आउने र त्यही दिन ह्युजको जर्सी र ब्याट हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ । चैत्र २८ मा नेपाल र अष्ट्रेलियाबीच मैत्रीपूर्ण प्रतियोगीताको खबर यथार्थ भए पनि विश्वकपको ट्रफी नेपाल ल्याउँने भन्ने खबरलाई चाहिं अप्रिल फुलको खबर मानेर पढ्न एचकेले अनुरोध गरेको छ ।

Please follow and like us:

Comments