एकीकृत माओवादीले संघर्ष चर्काउन आ–आफ्नो क्षेत्रमा खटिन सभासद र केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले संविधानका अन्तर्वस्तुमा सहमतिका लागि तयार नदेखिएकाले संघर्षको विकल्प नरहेको भन्दै संघर्ष चर्काउन सदस्यहरुलाई निर्देशन दिएको हो । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सभासदलाई पार्टी मुख्यालय पेरिसडाँडामा ३० दलीय गठबन्धनले घोषणा गरेका आन्दोलनलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्न एमाओवादीले निर्देशन दिएको हो ।

गठबन्धनले चैत्र २३ गतेसम्मका लागि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि चैत्र २४ देखि २६ गतेसम्मको आमहडताल भने यथावत राखेको छ ।

Comments

comments