काभ्रेको बनेपा १० तरकारी बजार स्थित वेयलकल होटल एण्ड गेष्ट हाउसमा एमाओवादीका पूर्व लडाकु ४५ वर्षिय पदमकेशर न्यौपाने आज मृत अवस्थामा भेटिएका छन् ।

गैह्विसौना देउपुर ३ घर भएका न्यौपाने मंगलबार बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । सोमबार दिउँसो ३ बजे होटलमा बास बस्नका लागि आएका उनी बिहान अवेर सम्म पनि नउठेपछि होटलका कर्मचारीले उनको कोठ जाँच गरेका थिए। २० मिनेट सम्म ढोका ढकढकाउँदा समेत नखुलेपछि साहु सत्यनारायण भालुले प्रहरीलाई खबर गरेका थिए। होटलमा रहेका कामदारका अनुसार वेलुका ९ बजे खाना खाएर न्यौपानेले कोठमा रक्सी पानी र पापड लिएर गएका थिए ।

ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक दिपक भारतीका अनुसार न्यौपाने सुतेको कोठामा भित्रबाट चुकुल लगाइएको र भुईमा खुट्टा झुन्डाइ खाटमा पल्टीएको अवस्थामा न्यौपानेको मृत शरिर फेला परेको छ। न्यौपाने पूर्व जनमुक्ति सेनाका प्याटुन कमान्डर र हाल एमाओवादीका एमाओवादीका जिल्ला परिषद् सदस्य हुन्।

Please follow and like us:

Comments