व्यस्त जीवन शैली र विलाशी प्रवृत्तिका कारण क्यान्सर जस्तो भयानक रोग जो कोहिलाई पनि देखा पर्न थालेको छ ।

क्यान्सर हुनुको कारण के हुन सक्छ, क्यान्सर भएमा कस्तो किसिमको प्राथमिक उपचार गर्न सकिन्छ र कुन कुराबाट साबधानी अपनाउन सकिन्छ । यस्तो विषयमा जानकारी लिईराख्नु हरेकको लागि फाईदाजनक हुन्छ । जानी राँखौ क्यान्सरसंग जोडिएका केहि कुराहरु ।

१ , क्यान्सर रोग हाम्रो जीवनशैली र दिनचार्यसंग जोडिएको विषय हो । मुख्यतया तमाखु सेवन, मदिरा सेवन, मोटोपन, अत्याधिक चिल्लो पदार्थ एवम मांसाहारी भोजनका कारण क्यान्सर सम्भावना बढ्दो छ । त्यस्तै यस्तो कुराहरुमा सबैले ध्यान दिनु आवश्यक देखिन्छ ।

२, ४० प्रतिशत भन्दा बढी ज्यादा रोगको सम्बन्ध हाम्रो जीवन शैली र दिनर्चायसंग जोडिएको हुन्छ । बीडी, सिगरेट, सुपारी, खैनी एवं पान–मसाला खानाले मुख, गाला एवं गलाको क्यान्सर हुने सम्भावना कयौ गुणा बढ्दै गएको छ । यस्ता बस्तुहरुबाट टाढै रहनुनै क्यान्सबाट जोगिनु राम्रो उपाय हो ।

३, मांसाहारी भोजनको तुलनामा चिल्लो , तारेको खाना, जंक फुड एवं कम फाईबर भएका चीजहरु खानाले क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

४, ह्युमन प्यापीलोमा भाईरस एचपीवी १६ देखि १८ को उमेरमा गर्भाशयको मुखको क्यान्सर हुने सबैभन्दा बढी डर हुन्छ । यो उमेरमा साबधानी अपनाउनु आवश्यक हुन्छ । खास गरी महिलालाले साबधानी अपनाउन पर्छ । एक पटक क्यान्सर भएपछि बारम्बार समस्या भोग्नुपर्ने अबस्था आउन सक्छ ।

५, जुन महिलाहरुले आफ्नो बच्चालाई दुध खुउदैनन् । ती महिलाहरुमा स्तन क्यान्सरको समस्या देखिने सम्भावना बढी हुन्छ । त्यसैले बच्चालाई स्तनपान गराउन आवश्यक हुन्छ । यो आमा र बच्चा दुबैको लागि राम्रो हुन्छ ।

६, शरीर मोटो भएका महिलाहरुमा स्तन क्यान्सर तथा पेटको क्यान्सर हुने सम्भावना अत्याधिक रहन्छ । मोटोपनले कोलेस्ट्रोल सम्बन्धी समस्या देखा पर्छ । मुटु सम्बन्धी रोगीहरु बढी खतरा हुन सक्छ । त्यसैले मोटोपन हुनबाट सधै व्यायम गर्नु उपयुक्त हुन्छ ।

Comments