नुवाकोटको बट्टार बजारबाट एक व्यक्तिको साथबाट अज्ञात व्यक्तिले ४ लाख रुपैयाँ लुटेका छन् । रसुवाको डाडागाउँ ७ का हर्कबहादुर लामाको साथबाट रकम लुटिएको हो ।

नेपाल बंगलादेश बैंकबाट रकम झिकेर बाहिरिएलगत्तै अज्ञात व्यक्तिले फकाएर केहीपर लगेर रकम लुटेको पीडित लामाले बताएका छन् । प्रहरीका अनुसार लामा घर फर्किनका लागि बसपार्क तर्फ जाँदै गर्दा नचिनेको एक व्यक्तिले यहाँ सिट पाईंदैन अलिपर गएर बस चढ्नुहोला त्यहाँ सिट पाइन्छ भनेर फकाएर लगेको र पैसा लुटेको थियो ।

लामाका अनुसार आफूले बैंकबाट झिकेको ३ लाख र आफूसँग पहिलेदेखि नै भएको १ लाख गरी ४ लाख रुपैयाँ ति व्यक्तिले लुटेर फरार भएका छन् ।

Comments