गैडाको आक्रमणबाट गम्भीर घाइते भएकी हेटौंडा ८ की ६१ वर्षीया हरिमाया दाहालको निधन भएको छ । आज विहान गैडा आक्रमणबाट गभ्भीर घाइते भएकी उनको हेटौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी प्रकाशजंग कार्कीले बताउनुभयो ।

gaida1
आक्रमणबाट घाइते ३ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।

चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको गैडा एक्कासी मुख्य सडक हुँदै अस्पताल छिरेपछि हेटौडावासीमा आतंक सिर्जना भएको छ ।

gaida2
गैडा अस्पताल परिसरमा छिरेपछि खैलाबैला मच्चिएको छ । अहिले निकुन्जका कर्मचारी, सेना, प्रहरी र स्थानीयवासीले गैडालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

Comments

comments