अष्ट्रेलियाका विभिन्न कलेज र विश्वविद्यालयहरुको नक्कली सर्टिफिकेट बनाउँने कार्यमा संलग्न ठूलै गिरोहबारे हालै खुलासा भएको छ । ती गिरोहले यहाँका ठूला मानिएका विश्वविद्यालयका सर्टिफिकेटसमेत निकै सस्तो मूल्यमा बनाइदिने गरेको खुलेको छ ।

cert
अष्ट्रेलिया प्रहरीका अनुसार यसरी नक्कली सर्टिफिकेट बनाउँने गिरोहमा चिनियाँ नागरिकहरुको संलग्नता रहेको पाईएको छ । उनीहरुले केही हजार डलर तिरे यहाँका करिब १०० भन्दा बढी नाम चलेका शैक्षिक संस्थाहरुकै नक्कली डिग्री र डिप्लोमाका सर्टिफिकेटहरु बनाइदिने गरेको पाइएको छ ।

cert 1
ओभरसिज स्टुडेन्टस् असिष्टेन्ट एचडी को नाममा खोलिएका संस्था मार्फत यस्तो अवैध क्रियाकलाप हुँदै आएको प्रहरीको दाबी छ । कतिसम्म भने यस्ता गिरोहहरुले सामाजिक सञ्जाल मार्फत खुलेआम् विज्ञापन नै गरेर यस्तो काम गर्दै आएको पाइएको प्रहरीले बताए ।

विषय र विश्वविद्यालय अनि तह हेरेर करिब ३५ सय डलरदेखि ६५ सय डलरसम्ममा यस्ता नक्कली सर्टिफिकेटहरु बनाइदिने गरेको पाइएको छ ।

jhk
प्रहरीका अनुसार त्यसरी बनाइएका कतिपय सर्टिफिकेटहरु त कलेज र विश्वविद्यालयको डाटावेशमा समेत समानवेश भएको पाइएको छ । यसले यो अवैध कारोबारमा कलेज र विश्वविद्यालयहरुको पनि संलग्नता रहेको आशंका गरिएको छ । ‘यसबारेमा हामी अनुसन्धान गर्दै छौं’,एक प्रहरी अधिकारीले बताए ।
gfd

Source :news.com.au

Comments

comments