वयस्क सामाग्री अर्थात पोर्न विजनेशलाई वैधानिक मान्यता दिएको अष्ट्रेलियाले यसमा केही शर्त पनि राखेका छन् । धेरैलाई थाहा नहुन सक्छ,अष्ट्रेलियामा निर्माण हुने वा यहाँ विक्री वितरण हुने पोर्न चलचित्रकी नायिका वा पत्रपत्रिकामा तस्वीर छापिने मोडलहरुको छाती अर्थात स्तन मध्यम साइजदेखि माथिको हुनैपर्छ । किनभने ए साइजको सानो स्तन भएका नायिका र मोडल प्रयोग भएका पोर्न सामाग्री उत्पादन र विक्री वितरण कार्य अष्ट्रेलियामा प्रतिबन्धित छ ।

लामो समयदेखिको वहस पछि सन् २०१० मा अष्ट्रेलियन सरकारले यस्तो कानूनी व्यवस्था पारित गरेको हो । पोर्न सामाग्री उत्पादक र निर्माताहरुमध्ये धेरैले १८ वर्ष पुगेको भन्दै बालिकाहरुलाई प्रयोग गर्न थालेपछि अष्ट्रेलिया सरकारले यस्तो नीति ल्याएको हो । तर धेरैले सरकारको यो नीति हाँस्यस्पद रहेको भनि आलोचना गरेका छन् । युवतीहरुको स्तनको साइज हेरेर उनीहरुको उमेर नाप्न खोज्नु सरकारको मूर्खत हो,आलोचकहरुको भनाइ छ ।

सानो साइजका स्तन भएका कलाकार अभिनित पोर्न चलचित्र हेर्ने वा त्यस्ता फोटो छापिएका म्यागजिन पढ्ने दर्शक र पाठकहरुले पनि अघोषित रुपमा बाल यौन हिंसालाई प्रश्रय दिइरहेको निष्कर्षमा पुगेरै यो कदम चालेको सरकारको दाबी छ । त्यसैले जति नै आलोचित हुनुपरे पनि सरकार सानो स्तनमाथिको प्रतिबन्धको आफ्नो निर्णयमा सन्तुष्ट रहँदै आएको छ ।

Comments

comments