केही दिनयतादेखि लापत्त रहेकी बलिउड नायिका क्याट्रिना कैफ सम्पर्कमा आएकी छिन् । अहिलेकी टप लिष्टमा रहेकी नायिका एकाएक बेखबर बनेपछि बलिउडमा सनसनी मच्चिएको थियो । क्याट्रिना हराउँनुको कारणबारे अनेक अड्कलबाजी पनि गरिए । झण्डै चार दिनसम्म पनि सम्पर्क नआएपछि उनको मोबाइललाई ट्याकिङ गरेर उनको खोजी गर्ने निर्णयमा प्रहरी समेत पुगेको थियो ।

तर चारदिनपछि क्याट्रिना आफैं सम्पर्कमा आएकी छिन् । उनले जनाए अनुसार उनी स्लाइस पेय पदार्थको नयाँ क्याम्पेनिङ एडको शुटिङका लागि गोप्य लोकेशनमा गएकी थिईन् । उनीसँगै हेण्डसम व्वाइका रुपमा परिचित आदित्य रोय कपुर पनि भेटिएका छन् । क्याट्रिनाकै चाहना अनुसार कसैलाई थाहै नदिई नयाँ एडको शुटिङका लागि गोप्य स्थानमा गएको उनको सूचना अधिकारीले बताए । ‘उनी आफ्नो नयाँ क्याम्पिनिङमा निकै गम्भीरताका साथ लाग्न चाहन्थिन् । त्यसैले पपराजीहरुबाट बच्न र पूर्ण रुपमा शान्त तरिकाले काम गर्न उनले यो बाटो रोजेकी हुन्’–ती अधिकारीले प्रष्ट पारे ।

https://www.youtube.com/watch?v=WUrCPGN5YSo

Comments

comments