विश्वकप क्रिकेटको फाइनल भिडन्त अहिले अष्ट्रेलियाको मेलबर्नमा जारी छ । विश्वकपको उपाधिका लागि यतिखेर दुई आयोजक राष्ट्र न्यूजिल्याण्ड र अष्ट्रेलिया भिडिरहेका छन् । पहिलोपटक उपाधि हत्याउँने दाउमा न्यूजिल्याण्ड छ भने सर्वाधिक धेरै पटक विश्वकप जितेको इतिहासलाई निरन्तता दिन अष्ट्रेलिया पनि आतुर छ । त्यसैले विश्वकपको यो फाइनल खेल निकै रोमाञ्चक बनेको छ र यो रोमाञ्चक भिडन्त प्रत्यक्ष हेर्न विश्वभरका क्रिकेट फ्यानहरु मेलबर्न रंगशालामा अटाइनअटाइ अपस्थित भएर आ आफ्ना टिमहरुलाई हौसला प्रदान गरिरहेका छन् ।

komal cricket
हुन त नेपाल र नेपालीका लागि विश्वकपको खेल र मैदान नै लगभग दुर्लभ मानिन्छ । किनभने अहिलेसम्म नेपालले विश्वकपस्तरीय हुनै पनि प्रतियोगीताका लागि आफूलाई तयार बनाउँन सकेको छैन । खेल क्षेत्र र खेलाडीका लागि मात्र नेपाली दर्शकका लागि समेत विश्वकप स्तरीय खेल पहुँच बाहिर मानिन्छ । तर त्यस्तो अवस्थामा दुईजना नेपाली सेलिब्रेटी भने यसपटक लक्की सावित भएका छन् । अर्थात गायिकाद्धय कोमल वली र इन्दिरा जोशीले भने मेलबर्न रंगशालामा प्रतयक्ष नै उपस्थित भएर अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको फाइनल भिडन्त हेर्ने अवसर पाएका छन् । सांगीतिक कार्यक्रमको शिलशिलामा हाल अष्ट्रेलियाको मेलबर्नमा रहेका गायिकाद्धयले पशुपतिको जात्रा सिद्राको व्यापार भने जसरी भए पनि यो दुर्लभ अवसर पाएका हुन् ।

एनआरएनए अष्ट्रेलियाको आयोजनामा विराटनगर काठमाडौंमा निर्माणाधीन पाथिभारा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माणको सहयोगार्थ अप्रिल ३ मा मेलबर्नमा हुने एनआरएन नाइटमा सहभागी हुन लोक गायिका वली र अर्की गायिका जोशी मेलबर्न पुगेका हुन् । यसरी अप्रत्याशित रुपमै भए पनि विश्वकपको फाइनल भिडन्त प्रत्यक्ष हेर्न पाउँदा दुवै गायिकाले हिमालयन कङ्गारुसँग प्रसन्नता व्यक्त गरे ।

Comments

comments