सरकारले गत वर्षभन्दा प्रति क्विन्टल १५ रुपैयाँ कम गरेर उखुको मूल्य तोकेको छ ।

गत वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ७६ रुपैयाँ तोकिएको थियो तर उद्योग मन्त्रालयले यस चालु आर्थिक वर्षको लागि उखुको प्रवर्द्धन मूल्य प्रति क्वीन्टल ४ सय ६१ रुपैयाँ तोकेको हो । उद्योग मन्त्रालयले कृषि विकास मन्त्रालयसँग समन्वय गरी नेपाल उखु उत्पादक संघ, नेपाल चिनी उद्योग संघ लगायत सरोकारवाला पक्षसँग छलफल गरी मूल्य निर्धारण गरेको जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषदको गत फागुन १४ गते बसेको बैठकले उद्योग मन्त्रालयलाई उखुको मूल्य निर्धारणका लागि जिम्मेवारी दिएको थियो ।

उद्योग मन्त्रालयले तोकिएको मूल्यमा उखु खरिद बिक्री गर्न सम्बन्धीत पक्षलाई आग्रह गरेको छ । आगामी सिजनमा उखु उत्पादन प्रवर्द्धन खर्च उपलब्ध नगराउने उद्योग मन्त्रालयले जनाएको छ

Comments

comments