हाम्रा लागि यो  काल्पनिक घटना कदापी होइन | देशले एक दशक भन्दा बढि भोगेको रक्तिम युगको यथार्थता हो | परिणाम हो | ब्यबस्था परिवर्तनका निम्ति  समयको भुमरीमा पिल्सिएको पात्रको पिडा दायिक विगत र बर्तमान हो | पटक पटक नयाँ संविधानको लोभ देखाएर जनयुद्धका बन्दुकको घाउ र जनआन्दोलनका बलिदानी योगदानको बेवास्ता हुँदै जाँदा नेपाली जनताले खोजेको आफ्नो ” अस्तित्व ” हो | सबै पात्र र घटनाहरु काल्पनिक भनिए पनि सर्वनाममा मन्चन भैरहेको नाटक “अस्तित्व” बास्तविकता भन्दा टाढा भने  छैन | कसैको ब्यक्तिगत जिवन संग मेल खान गएमा संयोग मात्र हुनेछ भनेर हरेक नाटककै स्वरुपमा मन्चन  आरभ्भ गरेपनी नाटकले उही ६२/६३ को जनआन्दोलन र जनयुद्धको झभल्को देखी हाल मुलुकमा रहेको सक्रमणकालको स्थिती लाई मञ्चमा उजागरण गर्ने प्रयास गरेको छ ।

10483148_938076299552062_5882258775450275238_n

सर्वनामका प्रशिक्षर्थी समुहको प्रस्तुति रहेको नाटक अर्जुन न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन भने नाटकमा दिपेश पौडेल, साधना भण्डारी, कल्पना राई, कविता राई, शिवकुमारी राई, पुजन लामीछाने, धु्रवसागर थापा, समर निरौला, शिशिर शिवाकोटी, चन्द्रप्रसाद दाहाल आदिको अभिनय रहेको छ । पात्रको आधारमा भन्ने हो भने युद्ध र आन्दोलनले पिल्सिएको एक सामान्य नागरिकको कथा हो ‘अस्तित्व”। श्रवण एक सामान्य शिक्षक  देशभर बन्दुक उठिरहँदा व्यवस्था परिवर्तन गर्न कलमले सकिन्छ भन्दा भन्दै पनि परिस्थीती र देशमा बढ्दै गएको दमन र यातनाको शिकार बन्न पुगे पछि  जनआन्दोलनमा होमिन्छ , फलस्वरुप गोली खान्छ अनि आठ बर्ष सम्म अचेत अबस्थामा रहन्छ र मृत्यु हुन्छ । जनयुद्ध र जनआन्दोलनको छनक दिने यो नाटकमा नेपाली जनतको बलिदान र योगदान लाई कसरी लत्याइएकोछ ? भन्ने कुरा नाटकले प्रस्ट्याउन खोजेको छ  । अन्तत परिवर्तनका लागी आन्दोलनमा हुमीएको एउटा सामान्य जनता  उ आफ्नै  मृत्यु र देशको झन झन बढ्दै गएको अराजकता, बेरोजगारि देखी चरम असहजताको अनेक खवर सुन्छ । यतिकैमा नाटकले विट मार्छ । देशमा विद्यमान राज्यब्यवस्था र राजनैतिक उथलपुथलले एउटा सामान्य नागरिकलाई कति सम्म असर गर्छ भन्ने कुरा कलाकारले दुरुस्तै उतारेका छन् ।

10309483_938075839552108_3480470196624697073_n

विहीवार बाहेक असार २७ गते सम्म बेलुका ५ः१५ बजे सर्वनाम थिएटर कालिकास्थान मा मञ्चन हुने नाटक ” अस्तित्व”  निर्देशकीय दृश्कोणले  अर्जुन न्यौपानेले राम्रो प्रयास गरेकाछन भने मुख्य भुमीका मा देखीएका दिपेश पौडेललाइ पात्र सुहाएको छ । त्यस्तै सानो तर विद्रोही भुमीकामा देखीएका ध्रुवसागर थापाको अभिनय मन छुनेछ । त्यस्तै नाटकका सम्पूर्ण पात्रहरुले अभिनयलाई जिबन्त बनाउने प्रयास गरेका छन् । सम्रगमा नाटक अस्तित्वले  आफ्नो  गरिमामय अस्तित्व राख्न कुनै कसर छाडेका छैनन ।

Comments

comments