चिनी उद्योगिको आन्दोलन चिनी उद्योगलाई दिएको उखुको भुक्तानीको माग राख्दै आज नवलपरासीका किसानहरुले अर्ध नङ्गन प्रर्दशन गरेका छन् ।

किसानहरुले चिनी कारखानाहरुबाट पाउनपर्ने बक्यौता तत्काल पाउ पर्ने माग राख्दै प्रर्दशन गरेका हुन । नवलपरासीका उखु किसानहरुले गत बर्षको मुल्य कायम गरी भक्तानी पाउनुपर्ने माग राख्दै नङ्गन भएर सदरमुकाम परासीमा जुलुस प्रदर्शन गरेका छन् । मुलुकलाई चिनिमा आत्म निर्भर बनाउन उखु खेतिलाई सरकारले प्रबर्धन र राष्ट्रिय बालीको रुपमा घोषणा गर्नु पर्ने, उखु जन्य उद्योगमा रोजगारी बृद्धि गरी किसानका छोरा छोरीलाई रोजगारी दिनु पर्ने, लगायतका माग राखेर किसानहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रिलाई ज्ञापन पत्र पनि बुझाएका छन ।

किसानहरुले यस बर्ष उखुको सिजन सकिसक्दा पनि मूल्य निर्धारण हुन नसक्दा पेश्की रकम समेत पाउन सकेका छैनन् । गत बर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रुपैया निर्धारण गरिएको थियो ।

Comments