एकीकृत माओवादीले ताप्लेजुङ को फुङ्लिङमा भएको आगलागी पीडितहरुलाई सहयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेको छ ।

एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले विज्ञप्ति जारी गर्दै पीडित परिवारहरुको व्यवस्थापन तथा अन्य आवश्यक सहयोगका लागि निर्देशन दिनुभएको हो । जिल्लामा नै अग्नि नियन्त्रणको कुनै पनि व्यवस्था नहुनु र आगलागी भएको धेरै समयसम्म आगो नियन्त्रणमा कुनै व्यवस्था नगर्नु राज्य जवाफदेही नभएको भन्दै एमाओवादीको खेद ब्यक्त गरेको छ । त्यसैगरी स्थानीय युवा, स्वयम् सेवक, नागरिक समाज तथा स्थानीयवासीहरुमा आगलागी पीडित परिवारहरुका लागि आवश्यक सहयोगका लागि माओबादिले अपील गरेको छ ।

चैत ९ गते ताप्लेजुङ्को फुङलिङ बजारमा भीषण आगलागी भएको थियो । आगलागीबाट ४५ घर नष्ट भएको थियो ।

Comments