जारी ११ औं विश्वकपको सेमिफाइनलमा साविक विजेता भारत र आयोजक अष्ट्रेलिया भिड्दै छन् । पाँचौं उपाधि जित्ने धुनमा रहेको अष्ट्रेलिया र उपाधि रक्षा गर्ने अभियानमा लागिपरेको भारत आज भिड्न लागेका हुन् । सर्वाधिक विजेता र अहिलेको नम्बर एक टोली अष्ट्रेलियाले घरेलु मैदानमा भारतलाई हराएर फाइनल पुग्नु अर्थपूर्ण हुनेछ।

अष्ट्रेलिया , विश्वकपको सर्वाधिक विजेता र यस पटक आयोजक टोली। त्यतिमात्र होइन, अष्ट्रेलिया जतिपटक विश्वकपको सेमिफाइनलमा पुगे,त्यति नै अपराजित टिम पनि हो।

सेमिफाइनलमा अपराजेय अष्ट्रेलिया विश्वकपमा लगातार विजेता बनेको इतिहास पनि छ। तर यस सन्दर्भमा भारत अष्ट्रेलियाभन्दा केही फरक छ। भारत विश्वकपको साबिक विजेता हो। भारतले लगातार विश्वकप उपाधि जित्न सकेको छैन। विश्वकपमा भारत यसअघि पाँच पटक सेमिफाइनलसम्म पुगे पनि त्यसमध्ये दुई पटक विजेता, दुई पटक उपविजेता र दुई पटक सेमिफाइनलबाटै बाहिरिएको थियो।

भारत नै हो जसले विश्वकपमा अष्ट्रेलियालाई लगातार पाँचौं पटक फाइनल पुग्नबाट रोकेको थियो। भारतले उक्त इतिहास चार वर्षअघि आफ्नै मैदानमा अष्ट्रेलियालाई क्वार्टरफाइनलमा हराएर रचेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा नम्बर एक बन्ने लडाइँमा यी दुई टोली नै प्रमुख देखिन्छन्। अष्ट्रेलियालाई सातौं पटक फाइनल पुग्नु पनि छ, सेमिफाइनल नहारेको इतिहासलाई निरन्तरता दिँदै।

अष्ट्रेलियालाई हराउन सके त्यसले दिने खुसी भारतका लागि पनि फाइनलमा पुग्नुमा मात्र सीमित रहने छैन। लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्राय एकछत्र राज गरेको अष्ट्रेलियालाई उसैको मैदानमा हराउनुको आनन्द भारतका लागि छुट्टै हुनेछ।

Comments

comments