मंगलवार फ्रान्समा भएको जर्मनविङ्सको विमान दुर्घटनामा परि विश्वचर्चित ओपेरा कलाकार जोडीको सपरिवार ज्यान गएको छ ।

स्पेनमा आयोजित एउटा कार्यक्रममा आफ्नो प्रस्तुति दिएर बार्सिलोनाबाट डसलडर्फ फर्कदै गर्दा ओपेरा जोडी बरिटोन ओलेग ब्रिजक र उनकी पत्नी मारिया राडनर सहित १५० यात्रु चढेको विमान फ्रान्सको एल्पस्मा दुर्घटना भएको थियो । साथमै रहेको उनीहरुको सानो बच्चाको पनि सोही दुर्घट्नाबाट ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काजिकिस्तानमा जन्मेका ५४ वर्षीय ब्रिजक दम्पतीको जोडी युरोपेली दर्शकहरु माझ मात्र होइन ओपेराप्रेमी संसारका सबै प्रशंसकहरुबीच निकै लोकप्रिय छन् । यो जोडीले बर्लिन्,सिकागो,लण्डन,लस एञ्जल्स,म्यूनिख,पेरिस,टोक्यो,भियाना र जरिच लगायतका संसारका प्रायः सबै ठूला मानिएका स्टेजहरुमा आफ्नो शानदार प्रस्तुति दिइसकेका छन् ।

Comments

comments