पाटीको महाधिवेशन सकिएको वर्ष दिन वित्न लाग्दासमेत एमालेले नेताहरुको कार्य विभाजन गर्न सकेको छैन ।

संस्थापन पक्ष र नेता माधवकुमार नेपाल पक्षबीच भाग बन्डाका विषयमा कुरा नमिल्दा कार्यविभाजन गर्न भन्दै पटकपटक बस्दै आएको स्थायीसमितिको बैठक स्थगित हुँदै आएको छ । यसै क्रममा आज पनि स्थायीसमितिको बैठक बोलाईएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा बिहान ११ बजेका लागि बोलाईएको आजको वैठकले कार्यविभाजनको टुङ्खो लगाउने एमाले नेताहरुले दावि गरेका छन् ।

आजको बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको कार्यविभाजनसहितको प्रस्ताव सन्तुलित आए छलफल हुने नभए अस्वीकार गर्ने नेता माधवकुमार नेपाल पक्षको तयारी छ ।

Please follow and like us:

Comments