नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा समानान्तर भेला र बैठक सुरु हुन थालेका छन् ।

क्रियाशील सदस्यता वितरणमा धाँधली र अनियमितता भएको भन्दै संस्थापन र बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले समानान्तर बैठक थालेका हुन् ।
यसैक्रममा आज देउवा पक्षले काठमाडौमा उपलब्ध काँग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाएको छ । भेलामा ४३ जिल्लाका सभापति सहभागि हुने बताइएको छ । भेलामा क्रियाशील सदस्यता वितरण गर्दा संस्थापन पक्षले कुनकुन जिल्ला सभापतिहरुलाई बाईपास गरी आफु पक्षीय कार्यकर्तालाई वितरण गरेको तथा क्रियाशील सदस्यता वितरण संख्या, विधानअनुसार सदस्यता वितरण भएनभएबारे छलफल हुने बताइएको छ ।

Please follow and like us:

Comments