एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलनलाई कुनै हालतमा असफल गराउन सरकारले करिब ६२ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमको प्रत्यक्ष निर्देशन र सक्रियतामा भएको यो तयारीबारे उनले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराउनुभएको छ । गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, नेपाली सेनाका जर्नेल, प्रहरीका अपरेसन विभागका प्रमुख र उपत्यका प्रमुख तथा पाँचै क्षेत्रका क्षेत्रीय प्रशासकलाई उहाँले ब्रिफ्रिङ गर्नुभएको थियो ।

उपप्रधानमन्त्री गौतमले उक्त संख्याको फौजलाई दैनिक दुई सय ५० रुपैयाँका दरले खाजाभत्ता अर्थ मन्त्रालयबाट अलग्गै निकासा हुनुपर्ने माग पनि गर्नुभएको छ । विपक्षी मोर्चाले चैत १५ देखि चैत २६ सम्म लगातार १२ दिन सरकारविरोधी कडा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

Comments

comments