मिस युनिभर्सको ताज जित्दा एरियना मियामोतो जति खुशी भएकी थिईन्,उति दुखी अहिले उनको नागरिकता र पहिचानलाई लिएर भइरहेको विवादबाट भएकी छिन् । मिस युभिर्समा भिड्ने तयारीमा रहेकी मियामोतोको आधिकारिकतालाई लिएर जापानमा अहिले दुई थरि विवाद चलिरहेको छ ।

यी वर्षीय सुन्दरीकी आमा जापानी हुन् भने उनको वुबा अमेरिकी अश्वेत मूलकी हुन् । त्यसो त उनको परिवारसँग जापानको वैधानिक नागरिकता भने छ । तर विवाद गर्नेहरुले यसलाई मात्र उनी पूर्ण रुपले जापानी हुन् भन्ने स्वीकार्न नसकिने तर्क अघि सारेका छन् ।

जापानका लोकप्रिय अनलाइनहरुमा उनका बारेमा प्रशस्त कमेन्टस्हरु छापिन थालेका छन् । ट्वीटर मार्फत एकजनाले लेखेका छन्–के मिस यूनिभर्स जापान जस्तो प्रतिष्ठित प्रतियोगीतामा ठिमाहा जापानीहरुलाई पनि सहभागी गराएर जिताउँनु जायज हो ? कदापि होइन । किनभने यो मिस यूनिभर्स हो ।

एउटा अन्तवार्तामा मियामोतोले आफू कुन कोणबाट जापानी नभएको प्रमाणित गरेर देखाउँन चुनौति दिएकी छिन् । म बाहिरबाट जति जापानी देखिन्छु,भित्री मन र कर्मले पनि शुद्ध जापानी नै हूँ ।

यो विवाद कतिसम्म चुलिएको छ भने एकथरि आलोचकहरुले मियामोतोको ताज खोसेर अरुलाई दिनुपर्ने तर्कसम्म गरेका छन् भने केहीले भने यिनै सुन्दरीका पक्षमा वकालत गरिरहेका छन् ।  

Comments

comments