दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै आयोजक न्युजिल्यन्ड पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाविरुद्ध चार विकेटको रोमाञ्चक जित निकाललेको न्युजिल्यान्ड जारी विश्वकपमा अपराजित रहँदै विश्वकपको फाइनलम प्रवेश गरेको हो । ग्रान्ट इलिइटले अन्‍तिम बलमा छक्‍का प्रहार गर्दै न्युजिल्यान्डलाई ऐतिहासिक जित दिलाएका थिए । उनले ७३ बलमा ७ चौका र ३ छक्‍काको मद्दतले ८४ रन बनाए । यस्तै ब्रेनडम म्‍याकुलमले २६ बलमा ८ चौका र ४ छक्‍का प्रहार गर्दै ५९ रन जोडे भने कोरे एडर्सनले ७३ बलमा ६ चौका र २ छक्‍का प्रहार गर्दै ५८ रन बनाए। यस्तै मार्टिन गुप्तिलले ३४ र रोस टेलरले ३० रन बनाए ।

अफ्रिकाका लागि आक्रमक ब्याटिङ गरेका डेभिड मिलरले १८ बलमा ४९ रन बनाए । यस्तै फाउ डे प्लेसीसले १ सय ७ बलमा ७ चौका र एक छक्‍काको मद्दतले सर्वाधिक ८२ रन बनाए भने डेभिड मिलरले १८ बलमा ४९ रन बनाए । यस्तै कप्तान एडिभि भिलियर्सले ४५ बलमा ८ चौका र एक छक्‍का प्रहार गर्दै ६५ रन जोडे ।

यसअघि वर्षाका कारण न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल बीचमै रोकिएकाले खेललाई ४३ ओभरमा झारिएको थियो । खेल रोकिनुअघि हुनुअघि दक्षिण अफ्रिकाले ३८ ओभरको समाप्तिमा ३ विकेट गुमाउदै २ सय १६ रन बनाएको थियो ।

Comments