कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा पार्टीबीच एकताका लागि सैद्धान्तिक सहमति भएको छ।

सिंहदरबारस्थित राप्रपाको संसदीय कार्यलयमा दुवै पक्षका वार्ता टोलीबीच मंगलबार भएको वार्तामा एकताका लागि सैद्धान्तिक सहमति भएको हो। एकताका आधार तय गर्न दुईवटा समिति गठन भएका छन्। प्राविधिक र सैद्धान्तिक समिति गठन भएका छन्। प्राविधिक समितिले गाउँदेखि केन्द्रसम्मको नेतृत्वको संरचना र समायोजनबारे प्रस्ताव तयार गर्ने छ भने सैद्धान्तिक समितिले पार्टीको सैद्धान्तिक लाइन र आधार तयार गर्ने छ ।

Comments

comments