प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ् बजारमा आगजनीबाट प्रभावित परिवारको शीघ्र राहत तथा बसोबासको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालयलाई अग्नि पीडितहरुलाई तत्काल राहत , बसोबास र पुनःस्थापनाका कार्र्यक्रम तुरुन्त आरम्भ गर्न निर्देशन दिएको प्रेस संयोजक प्रकाश अधिकारीले बताए । अधिकारीका अनुसार आगलागी भएको क्षतिप्रति प्रधानमन्त्रीले दुःख प्रकट गरेका छन् । कोइरालाले अग्नि पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गरी उच्च मनोवलका साथ राहत र पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन,सुरक्षा निकाय र सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई अपिल गरेका छन् ।

Comments