७२ घण्टा लामो समय भेन्टिलेटरमा राखेपछि सामान्य अवस्थामा फर्केका नीर शाह आरामको लागि घर फर्किएका छन् |
अकस्मात हृदयघात भएपछि शाहलाई गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि नौ दिन अघि भर्ना गरिएको थियो । हृदयघात भएपछि उनलाई सीसीयू कक्षमा राखिएको थियो ।

हृदयघत बाट बचे पछि घर जान पाउँदा खुशी लागेको भन्दै आफ्नो फेरि जन्म भएको बताए । यस्तै शाहले आफू अब धुम्रपान विरुद्ध अभियानमा लाग्ने समेत बताएक छन् । दैनिक योगाभ्यासको कमि पनि महसुस भएको ले अब योगका निम्ति समय छुट्याउने समेत उनले भनेका छन् । (तस्विर:साभार )

Comments